चौबिस घण्टामा देशभर नौ आगलागीका घटना, दुई जना घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न नौ स्थानमा आगलागीका घटना भएका छन्। ती घटनामा परी दुई जना घाइते भएका छन् भने करोडौंको धनमाल क्षति भएको छ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विभागका अनुसार सिरहाका तीन स्थान, सोलुखुम्बु, पर्सा, मोरङ, भोजपुर, धनकुटा र झापामा आगलागी भएका छन्।
सिरहाको लहान नगरपालिका–१४ जयकाली ईंट्टा भट्टामा काम गर्ने वर्ष २१ की एक महिला चिया पकाउने क्रममा अचानक ग्यास लिक हुँदा घाइते भएकी छन्। घाइतेको राप्ति उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, सुखिपुर गाउँपालिका–९ वैशाखा बस्ने वर्ष २९ की अर्की महिला दाउराले चिया पकाउने क्रममा अचानक आगो सल्किन गइ घाइते भएकी छन्।
यता, सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ स्थित एक घरमा आगलागी हुँदा नगद सात लाखसहित तीन करोड ९३ लाख, १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया