दार्चुलामा निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुईको मृत्यु
नेपालखोज
२०७७ फागुन १ गते २१:४३

दार्चुला । दार्चुलामा निर्माणाधीन विद्युत नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो ।
एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए ।
सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवदर्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत निर्माण भइरहेको हो ।
सम्बन्धित
प्रतिक्रिया