मंगलबार, मंसिर १८, २०८१

आजको मौसमः पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

नेपालखोज २०७७ फागुन २ गते ८:२५

काठमाडौँ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव आज पनि कायम छ ।

पश्चिमी वायुकै प्रभावले आज दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार रातिसम्म ठाउँठाउँमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया