आइतबार, वैशाख २३, २०८१

ताप्लेजुङको चिहानडाँडामा लागेको डढेलो गाउँतिर फैलिँदै

नेपालखोज २०७७ फागुन २ गते १०:५१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–५ पेदाङ र ६ खेवाङको सिमावर्ती क्षेत्रमा लागेको डढेलाले ठूलो रुप लिएको छ ।

शुक्रबार रातिदेखि चिहानडाँडास्थित सामुदायिक वनमा लागेको डढेलोका कारण त्यस क्षेत्रका बासिन्दा आफ्नो घर जोगाउन गएरातिदेखि सुत्न पाएका छैनन् ।

‘माथिबाट कोइला, आगोको लप्का उडेर आउने र घर जलाउने डरले रातभरी जाग्राम बस्यौं । राडीलाई पानीमा भिजाएर घरको धुरीमा राख्यौं र पानीले छानो पुरै भिजायौं,’ स्थनीयले भने ।

शुक्रबार बेलुका ११ बजेतिर देखिएको डढेलो शनिबार दिउँसो गाउँलेले सेउला पानी हालेर निभाएका थिए । तर, आगो दिउँसो ३ बजेदेखि फेरी सल्किएको हो ।

निभाउन नसकिएको ठाउँको ठुटाको आगो हावा चलेपछि पुनः सल्किएको अनुमान गरिएको छ ।

तुङखाले भिरको डढेलोबाट यसको फेदमा रहेका २०–२२ घरमा झिल्का र कोइला र लप्का उडेर आउने जोखिम रहेको स्थानीय बताउँछन् । डढेलो बढ्दै गएकाले खेवाङतर्फ पनि जोखिम बढेको छ ।

प्रतिक्रिया