क्यानद्वारा दोस्रो चरणको बन्द प्रशिक्षण शुरु
नेपालखोज
२०७७ फागुन २ गते ११:५६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्दै छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले आईसीसी विश्व क्रिकेट लिग २ का लागि तयारी शुरु गरेको हो ।
ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भए पनि क्यानले बन्द प्रशिक्षण भने जारी राख्ने जनाएको छ ।
पहिलो चरणको बन्द प्रशिक्षणमा ३२ जना खेलाडी राखेका क्यानले दोस्रो चरणमा भने २० जना खेलाडीलाई मात्रै समावेश गरेको छ ।
अधिकांश युवा खेलाडीहरु दोस्रो चरणाको प्रशिक्षणमा सहभागी छैनन् । क्यानले हिजो २० जना खेलाडीको सूची सार्वजनिक गरेको हो । सूची अनुसार यसअघि ३२ मा नपरेका बसन्त रेग्मी २० जनाको सूचीमा भने अटाएका छन् ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका बेला घाइते भएका आरिफ शेखकको ठाउँमा बसन्तलाई राखिएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया