शुक्रबार, वैशाख ७, २०८१

अँगालो हाल्दा स्वास्थ्यमा पुग्छ यस्ता फाइदा

नेपालखोज २०७७ फागुन २ गते १२:५३

जुन भावनालाई शब्दमार्फत बयान गर्न सकिँदैन, ती भावनालाई प्रेमपूर्वक अँगालो हालेर गर्न सकिन्छ । आफ्नो पार्टनरलाई अँगालो हाल्दा जस्तो महसुस हुन्छ, त्योभन्दा सुन्दर अरु के हुनसक्ला र रु एउटा प्रेमिल अँगालो हाल्नुहोस् किनभने कसैलाई अँगालो हाल्दा निकै आनन्द महसुस हुनुका साथै स्वास्थ्यलाई पनि विभिन्न फाइदा पुग्छ ।

अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्छ ।

अँगालो हाल्दा स्वास्थ्यमा पुग्छ यस्ता फाइदा:

१. मुटुका लागि फाइदाजनकः अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्छ ।

२. रक्तचाप कम हुन्छः वैज्ञानिकका अनुसार अँगालो हाल्दा रक्तचाप पनि कम हुन्छ । यस्तो शरीरमा अक्सिटोसिन हर्मोनको श्रावले हुन्छ ।

३. तनाव कम हुन्छः विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । अँगालो हाल्दा तनाव कम हुन्छ साथै व्यक्तिको स्मरणशक्ति पनि तीब्र हुन्छ ।

४. मूड फ्रेश हुन्छः शोधकर्ताका अनुसार अँगालो हाल्दा मानिसको मूड पनि ठिक हुन्छ ।

प्रतिक्रिया