जापानी भूकम्पको पछिल्लोअपडेट
नेपालखोज
२०७७ फागुन २ गते १३:२९

एजेन्सी । जापानमा शनिबार मध्यराति गएको ७।३ म्याग्निच्युडको भूकम्पपश्चात् उत्तरपूर्वी क्षेत्रमा आइतबार रेलसेवासमेत बन्द भएको छ ।
भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
यो भूकम्प पनि सन् २०११ मा गएको विनाशकारी भूकम्पको परकम्पन भएको भूगर्भविद्हरुले जानकारी दिएका छन् । जापानमा २०११ मा ९ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीले १६ हजारभन्दा बढी मान्छेको मृत्यु भएको थियो ।
शनिबारको पराकम्पनले पनि धेरै क्षति पुर्याएको जापानी संचारमाध्यमले जनाएका छन् । बिजुली आपूर्ति तथा सडकहरु ठिकठाक हुन अझै केहि समय लाग्ने छ ।
सम्बन्धित
प्रतिक्रिया