सोमबार, असार २३, २०८२

आर्सनलले लिड्स युनाईटेडलाई गर्यो पराजित

नेपालखोज २०७७ फागुन ३ गते ११:२१

एजेन्सी। इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले पराजित गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गरे भने हेक्टर बेलेरिनले एक गोल थपे ।

पराजित टोली लिड्स युनाईटेडका पास्कल स्ट्रीक र हेल्डर कोष्टाले १–१ गोल फर्काए । जितसँगै आर्सनल प्रिमियर लिग फुटबलको अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया