बुधबार, असार १८, २०८२

तीन वर्षमा ओली नेतृत्व सरकारका ७४ उपलब्धि (पूर्णपाठसहित)

नेपालखोज २०७७ फागुन ३ गते १३:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा गरेको उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका छन् ।

तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए ।

सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गरेका हुन् ।

आफूले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्र अन्योलमा रुमल्लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बाबजुद अहिले देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दाबी गरे । उनले विगत तीन वर्षको अवधिमा औसत साढे पाँच प्रतिशतको आर्थिक वृद्धि भएको बताए ।

साथै प्रतिनिधिसभा विघटन किन गर्नुप-यो भन्ने प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अफ्ठ्यारा र व्यवधान खडा गरिएको बताए ।

‘खासगरी पछिल्लो एक वर्षदेखि झन्डै दुई तिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन, सरकारलेजस्तो नियति भोग्नुपर्यो काममा सन्दर्भमा, एकातिर जनाताको उच्च आंकाक्षा सम्बोधन गर्नुपर्ने र अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अल्मलिएझैं सरकारले काम गर्नै नसक्ने अवस्था सिर्जना भयो,’ उनले भने ।

यसैगरी संवैधानिक निकायका नियुक्तिमा अवरोध गरिएको पनि प्रधानमन्त्रीले बताए । उनले ७४ फागुनयता संसदीय छलफलमा लगिएका विधेयकहरुमा अनावश्यक छलफलमा परेर गोलचक्करमा फसेको, फसाइएको बताए ।

त्यस्तै नियुक्ति सिफारिसहरुमा कचिंकल मच्चाइएको र आफ्नै पार्टीका संसदीय दलले समेत नियुक्तीमा अवरोध पुर्याएको उनले बताए ।

सरकारको तीन वर्षे उपलब्धि पूर्णपाठ हेर्नुहोस्:

प्रतिक्रिया