बिहीबार, मंसिर २७, २०८१

अफगानमा सुरक्षा कारबाहीमा सात विद्रोही मारिए

नेपालखोज २०७७ फागुन ३ गते १६:२६


एजेन्सी । अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् आइएस विद्रोही समूहका सात जना लडाकू मारिएका छन् ।

यो समाचार अफगान सरकारले जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालाई लक्षित गरी गरिएको कारबाहीमा सात लडाकु मारिएका हुन् ।

सो कारबाहीमा आतंककारीले आत्मघाती बमसमेत विस्फोट गराएका थिए ।

सुरक्षाबलले सो कारबाहीमा विभिन्न हातहतियार समेत बरामद गरेको छ ।

प्रतिक्रिया