अपराध महाशाखाको एसएसपीमा कुँवेर खापुङ
नेपालखोज
२०७७ फागुन ३ गते १६:४२

काठमाडौं । महानगरीय अपराध महाशाखा बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) फेरिएका छन् ।
एसएसपी दिपक थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएको बताइएको छ ।
थापाको कार्यकालमा महाशाखाले उपत्यकामा भएका ठूला प्रकृतिका अपराधको अनुसन्धानसँगै केही पुराना घटनाको पनि सफल अनुसन्धान गरेको छ । थापाको १२ वैशाखमा महाशाखामा सरुवा भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया