नागरिक आन्दोलनको टीयु मार्चमा प्रहरीको हस्तक्षेप
नेपालखोज
२०७७ फागुन ३ गते १७:१३
काठमाडौं । शैक्षिक प्रतिगमनविरुद्ध वृहत्त नागरिक आन्दोलनले त्रिभुवन विश्वविद्यालयमा गर्न लागेको ‘शैक्षिक प्रतिगमनविरुद्ध टियु मार्च’ मा प्रहरीले हस्तक्षेप गरेको छ ।
सोमबार पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थीहरुले त्रिवि परिसरमा नाट्य कार्यक्रम गर्न ल्याएका सामग्रीहरु प्रहरीले खोसेको छ ।
कीर्तिपुरको पांगा दोबाटोबाट नागरिक आन्दोलनको -याली त्रिवि परिसर आउने क्रममा बीच नाटकका लागि ल्याइएको सामग्री प्रहरीले सडकबाटै खोसेपछि उनीहरु धर्नामा उत्रिएका छन् ।
प्रहरीको हस्तक्षेपपछि उनीहरुले ‘गो ब्याक प्रहरी, हाम्रो सामान फिर्ता दे’ भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले त्रिविको भित्री सडक अवरुद्ध पार्दै नाट्य सामग्री फिर्ता गर्न माग गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया