बिहीबार, वैशाख १३, २०८१

देशलाई लोडसेडिङ मुक्त कुलमानले हैन मैले गरेको हो : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ फागुन ३ गते १७:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम आफूले गरेको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित उद्योग तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका हुन् ।

लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको बताउँदै उनले भने– ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।

नेपालका ९० प्रतिशत जनताले विद्युतको प्रयोग गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया