बिहीबार, वैशाख १३, २०८१

अष्ट्रेलियाली संसदमा बलात्कार भएको प्रकरणमा अष्ट्रेलियाली प्रधानमन्त्रीले मागे माफी

नेपालखोज २०७७ फागुन ४ गते १३:५३


एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाली संसदमा काम गर्ने बलात्कृत भएकी महिलासँग माफी मागेको समाचार बाहिरिएको छ । संसदमा काम गर्ने महिलाले संसद भवनमा एक अज्ञात व्यक्तिले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । मोरिसनले यस प्रकरणमा अनुसन्धान गर्न निर्देशन दिँदै पीडित भनिएकी महिलासँग माफी मागेका हुन् ।

्रक्षामन्त्री लिन्डा रेनल्ड्सको कार्यालयमा बलात्कार गरेको भन्ने आरोप २६ वर्षीया एक महिलाले लगाएकी थिइन् । मार्चमा यसो गरिएको आरोप लगाएपछि प्रधानमन्त्रीले महिलासँग माफी मागेको सञ्चार माध्यमले जनाएका हुन् । सो प्रकरणका दोषी मोरिसनको सत्तारुढ लिबरल पार्टीको वरिष्ठ कार्यकर्ता समेत रहेको समाचारहरु बाहिरिएपछि त्यहाँ हंगामा भएको हो ।

प्रतिक्रिया