बुधबार, असार १८, २०८२

कांग्रेसको केन्द्रीय समितिअघि पौडेल पक्षको छुट्टै बैठक

नेपालखोज २०७७ फागुन ५ गते १३:०२

काठमाडौं । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको छुट्टै बैठक बसिरहेको छ।

महाधिवेशनको मिति र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाइएको केन्द्रीय समिति बैठकअघि पौडेल समूहका केन्द्रीय सदस्यहरु छुट्टै छलफलमा जुटेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहको बैठक बसिरहेको र उक्त बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरु सहभागी भएका छन् ।

केन्द्रीय समिति बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका निर्धारण गरेको पनि महाधिवेशन नहुने भएपछि छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।

प्रतिक्रिया