शनिबार, मंसिर २९, २०८१

रत्नपार्कमा शंख फुकेर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन

नेपालखोज २०७७ फागुन ५ गते १५:३६

काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध हरेक दिन एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै आएको छ । विवेकशील साझाले गत फागुन २ गतेदेखि हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा शंख फुकेर विरोध प्रदर्शन गर्दै आएको हो ।

पार्टीका संयोजक मिलन पाण्डेले ‘असंवैधानिक कदमविरुद्ध सशक्त अभियान, अधिनायकवाद विरुद्ध एकोहोरो शंख फुकेर प्रदर्शन’ भन्ने नाराका साथ प्रदर्शन गर्न थालेको बताए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया