नेप्से २६ सय ११ अंकमा पुग्यो, कमाउने भन्दा गुमाउने समुह अधिक
काठमाडौं । नेप्सेको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १५ दशमलव पाँच अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन आज (बुधबार) पनि नौ दशमलव ९४ अंकले बढेर २६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले बढेर चार सय ७५ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय तीन वटा कम्पनीहरुको ७६ हजार सात सय ३० पटकको कारोवारमा एक करोड ७६ लाख ८८ हजार दुई सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम आठ अर्ब तीन करोड ५५ लाख १० हजार आठ सय ४४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सूचक बढेर सात वटा समुहको सूचक घटेका छन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक २९ दशमलव ७७ अंकले बढेर १९ सय १३ दशमलव २९ अंकमा पुुग्दा बिकास बैंक, ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि बढेका छन ।
निर्जिवन बीमा समुहको सूचक भने आज एक सय ३६ दशमलव ५९ अंकले घटेर १३ हजार दुई सय ३९ दशमलव ५५ अंकमा झर्दा जलबिद्युत, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुलक समुहको सूचकहरु पनि घटेका छन ।
नेप्सेमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेर चार सय ९७ रुपैयाँमा कारोवार हुँदा सनराईज र्फष्ट म्यचुअल फण्डको प्रतियुनिट सेयर मूल्य भने चार दशमलव ५३ प्रतिशतले घटेर ११ दशमलव ८० रुपैयाँमा कारोवार भएको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मात्र प्रतिकित्ता चार सय ९७ रुपैयाँ अन्तिम मूल्यमा ६९ करोड ४३ लाख ६१ हजार एक सय १९ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया