शुक्रबार, वैशाख २१, २०८१

पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण पुष्टि, मृत्यु शून्य

नेपालखोज २०७७ फागुन ५ गते १७:२३

काठमाडौं । नेपालममा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा ४८ जना महिला र ७७ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७३ हजार ७० पुगेको छ, जसमध्ये २ लाख ६९ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणका कारण २०५५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ

हाल देशभर १ हजार ६२१ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९९१जना होम आइसोलेसनमा, ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया