प्रधानमन्त्री ओली आज सर्वोच्चमा उपस्थित हुँदै

काठमाडौं । आफूविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा लागेका प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज सर्वोच्च अदालत जाँदै छन् । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली आज अदालत जान लागेको जानकारी दिएका छन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेका कारण प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीश तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
बाटोको म्याद हेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो ।
चार पूर्व प्रधानन्यायाधीशले भने सोमबार अदालत उपस्थित भएर लिखित जवाफ पेस गरिसकेका छन् ।
प्रतिक्रिया