शुक्रबार, वैशाख २१, २०८१

चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

नेपालखोज २०७७ फागुन ६ गते ११:५१

काठमाडौं । चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोपलाई नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको र भारतले उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ले प्रयोगको अनुमति पाइसकेको छ । भारतले यसको १० लाख डोज अनुदानमा नेपाललाई प्रदान गरेपछि अहिले नेपालमा यो खोप लगाउने क्रम जारी छ ।

प्रतिक्रिया