शुक्रबार, वैशाख २१, २०८१

भारतमा कति मान्छेले लगाए कोरोना खोप ?

नेपालखोज २०७७ फागुन ६ गते १४:२४


नयाँदिल्ली ।  भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । 

यहाँ कोरोना   संक्रमितको सङ्ख्या हिजो बुधवारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीवार जनाएको छ ।

प्रतिक्रिया