शुक्रबार, असार २०, २०८२

४० प्रतिशतसम्म भाडा वृद्धि गर्न यातायात व्यवसायीको माग

नेपालखोज २०७७ फागुन ६ गते १५:३९

काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारी जन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनु पर्ने माग गरेका छन् ।

सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक–पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।

प्रतिक्रिया