शुक्रबार, वैशाख २१, २०८१

नेपालमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु

नेपालखोज २०७७ फागुन ६ गते १६:१७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या  २ हजार ५८ पुगेकाे छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

हालसम्मका कूल संक्रमितमध्ये २ लाख ६९ हजार ५०५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १११ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०३ जना रहेको छ ।काठमाडौं उपत्यकामा २४ घण्टामा ४२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

प्रतिक्रिया