शनिबार, असार २१, २०८२

केन्द्रीय सदस्यहरुको नागरिकतासहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने

नेपालखोज २०७७ फागुन ७ गते १०:३०

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने भएको छ ।

केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको प्रचण्ड–नेपाल समूहले त्यसका लागि मध्यान्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।

नेता लिलामणि पोखरेलले नागरिकतासहित उपस्थित हुन पार्टी कार्यालयबाट खबर आएको बताएका छन् ।

लामो समयसम्म नेकपा विवाद टुंगो नलगाएपछि आफूहरुसँग बहुमत रहेको सिद्ध गर्न केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी प्रचण्ड–माधव समूहले गरको हो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजन भएको छ । सत्तामा रहेको नेकपा ओली समूह र सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले आ–आफू आधिकारिक रहेको दाबी गर्दै आइरहेका छन् ।

यद्यपी दुवै समूहले आधिकारिक रहेको दाबी गरे पनि आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया