बिहीबार, वैशाख १३, २०८१

मोटोपनबाट पीडित हुनुहुन्छ ? अपनाउनुहोस् केहि अचुक उपायहरु

नेपालखोज २०७७ फागुन ७ गते ११:२१


काठमाडौं । मोटोपन धेरै मानिसको समस्या बनिरहेको छ । मोटोपन घटाउनका लागि आयुर्वेदमा धेरै उपायहरु बताइए पनि केहि उपायहरु हाम्रो भान्सामा नै प्राप्त गर्न सकिने सजिला खाले छन् । तिनको प्रयोग गरेर अवश्य हेर्नुहोला ।


पहिलो नम्बरमा महसँग पिप्पली चूर्ण चटाउनाले मोटोपन हट्छ भन्ने अयुर्वेदमा बताइएको छ । दोस्रोमा तातो झोलीलो पदार्थ प्रशस्त मात्रामा पिउनाले मोटोपन हट्छ ।

बेलुका छुट्टाएर राखेको चीसो पानीमा मह हालेर पिउनाले पनि मोटोपन हट्छ भन्ने भनाई छ । अवश्य पनि एकपटक प्रयोग गरेर हेर्ने कि ?

त्यस्तै धतूरोका पातहरुको रस शरीरमा मालिश गर्नाले मोटोपन घटाउन मद्दत पुग्छ । धतुरो पनि आर्युवेदिक औषधिको एक अभिन्न अंग हो ।

साथै अमलाको ४ ग्राम चुर्ण महसँग मिसाएर हरेक दिन पिउनाले पनि मोटोपन हट्छ भनी आर्युवेदमा बताइएको छ ।

प्रतिक्रिया