प्रतिनिधिसभा विघटनबारे आज अन्तिम बहस, फैसला भने अर्को हप्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको बहस आज सकिँदै छ । शुक्रबार सर्वोच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा रहेकी अन्तिम सदस्य गीता पाठक संग्रौलाले बहस गरेपछि प्रतिनिधिसभा विघटन मुद्दाको बसह सकिने छ ।
गत पुष ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध १३ वटा रिट परेका थिए । ति सबै रिटमाथि संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयवस्तु केन्द्रीय भएर बहस सुन्दै आएको थियो ।
रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने पछिल्लो सोमबारदेखि एमिकस क्युरीले बसह गर्दै आएका छन् ।
यसअघि सर्वोच्च बारबाट एमिकस क्युरीका रपमा गएका बद्रीबहादर कार्की र सतिशकृष्ण खरेलले बहस गरिसकेका छन् भने बिहीबार सर्वोच्च बारबाट गएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरेका थिए ।
आज संग्रौलाले बहस गरेसँगै संसद विघटन मुद्दाको बहस सकिने छ । संसद विघटन सदर हुने वा बदर हुने फैसलाका लागि भने एक हप्ता कुर्नु पर्ने छ ।
फैसला अर्को हप्ता मात्रै सुनाउने तयारी गरिएको सर्वोच्च श्रोतले बतायो ।
प्रतिक्रिया