शुक्रबार, वैशाख ७, २०८१

रियलमी तीव्र बजार विस्तार गर्ने उत्कृष्ट स्मार्टफोनको सूचीमा

नेपालखोज २०७७ फागुन ७ गते १६:३३

काठमाडौं । स्मार्टफोन उत्पादन कम्पनी रियलमी विश्वको उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘पाँच उत्कृष्ट स्मार्टफोन २०२०’ को सूचीमा रियलमी परेको हो ।

चौंथो त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो । उक्त रिपोर्टले दक्षिण-पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौंथो स्मार्टफोन रियलमी रहेको छ ।

फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा शतप्रतिशतले वृद्धि भएको उल्लेख छ । समग्र मोबाइल फोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ ।

प्रतिक्रिया