नेकपा नेता खनाल उपचारपछि आज स्वदेश फर्कदै
नेपालखोज
२०७७ फागुन ८ गते ७:४४
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन् । भारतको राजधानी नयाँ दिल्लीमा एक साताको उपचारपछि नेता खनाल आज स्वदेश फर्किन लागेको हुन् ।
माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए । खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया