सरकार आत्मप्रशंसामा रमाउँदै गर्दा मुलुकको व्यापार घाटा भने करिब ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुग्यो
नेपालखोज
२०७७ फागुन ८ गते १२:४९

काठमाडौं । हरेक वर्ष व्यापार घाटा व्यहोर्ने नेपालले पछिल्लो चालु आर्थिक वर्षको ७ महिनामा पनि करिब ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
माघ मसान्तसम्ममा नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सवा ७ खर्बभन्दा बढी घाटा व्यहोरेको देखिएको भन्सार विभागको तथ्यांकले बताउँछ ।
विभागको तथ्यांक हेर्ने हो भने माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको र निर्यात भने ६९ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै भएको देखिन्छ । तर, सरकार व्यापारमा छलाङ मारेको प्रष्टीकरण दिइरहन्छ ।
सरकारको आत्मप्रशंसालाई हेर्ने हो भने देशको व्यापारको अवस्था युरोपियन मुलुकको जस्तै देखिन्छ तर डाटा हेर्ने हो भने रुन मन लाग्ने किसिमको छ ।
सम्बन्धित
प्रतिक्रिया