मालपोत कार्यालयका सुब्बासहित दुईजना ६ लाख घुससहित पक्राउ
वीरगञ्ज । मालपोत कार्यालय सिमरा बाराका प्रमुख नायब सुब्बासहित दुई जना ६ लाख घुससहित पक्राउ परेका छन् ।
मालपोत कार्यालय सिमरा बाराका सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्रिप्रसाद बडाल ६ लाख घुससहित पक्राउ परेका हुन् ।
सेवाग्राहीसित घुस बापतको रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनीहरुलाई पक्राउ गरेको हो ।
सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने र फास्ट ट्रयाकबाट पास गराईदिने भनी लेखापढी व्यवसायी बडालले सेवाग्राहीसँग घुस माग गरेका थिए ।
घुस बापतको रकम लिएको अवस्थामा अख्तियारको टोलीले दुवै जनालाई जितपुर सिमरा उप महानगरपालिका २२ स्थित जर्गा होटेलबाट पक्राउ गरेको हो ।
घुससहित पक्राउ परेका खनाल र बडाललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया