प्रभु क्यापिटल बहिरालाई सेयर बजारमा ल्याउन अग्रसर
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड बहिरालाई सेयर बजारमा ल्याउन अग्रसर बनेको छ । यहि अन्तरगत प्रभुले शनिबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो । प्रभु क्यापिटलका चिफ विजनेस अफिसर वासु थपलिले स्वागत मन्तब्य दिएको कार्यक्रममा थपलियाले प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताएका थिए ।
राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा वाग्लेले शेयर बजार सम्बन्धी तालिम कार्यक्रम एकदमै फलदायी भएको बताइन् ।
उनले भनिन, ‘शेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै हाम्रा बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने छन । आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्नेछ ।’
प्रभु क्यापिटलका प्रमुख सञ्चालक अधिकृत कृष्ण गिरीले सञ्चालन गरेको कार्यक्रमको सांकेतिक भाषामा बहिरा महासंघका दोभाषेहरु दिनेश श्रेष्ठ, टिकाराम लामिछाने र कमला भट्टराईले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया