बिहीबार, चैत १५, २०८०

नेप्सेमा सामान्य वृद्धि, दुुई सय सात वटा कम्पनीहरुको आठ अर्ब ८३ करोडको सेयर किनबेच

नेपालखोज २०७७ फागुन ९ गते १५:४३

काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आईतबार) नेप्से सामान्य अंकले मात्र बढेको छ । नेप्से आज तीन दशमलव ६६ अंकले बढेर २६ सय ४० दशमलव ३४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव दुई अंकले घटेर चार सय ७९ दशमलव ५८ अंकमा पुगेको छ ।

नेप्सेमा दुई सय सात वटा कम्पनीहरुको ९३ हजार ३९ पटकको कारोवारमा दुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार नौ सय ६७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक घटेर सात वटा समुहको सूचक बढेका छन । सो मध्ये वाणिज्य बैंक समुहको सूचक सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ५३ अंकमा झर्दा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा र लघुबित्त समुहको सूचक पनि घटेकाछन ।

विकास बैंक समुहको सूचक भने आज २९ दशमलव ३२ अंकले बढेर २७ सय ६३ दशमलव ३० अंकमा चढेकोेमा जलबिद्युत, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि बढेकाछन ।

आज शिवश्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ८७ रुपैैयाँमा कारोवार हुंदा बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ३७ प्रतिशतले घटेर एक सय ७२ रुपैयाँमा कारोवार भएको छ । आज सबै भन्दा बढी नेपाल बैंकको प्रतिकित्ता चार सय ६० रुपैयाँ अन्तिम मूल्यमा ६१ करोड ६२ लाख ६२ हजार तीन सय ६६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया