प्रचण्ड–नेपाल समूहद्वारा प्रेस संगठनको पुनर्गठन, योगेश भट्टराई इन्चार्ज
काठमाडौं । नेपाल कमयुनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्नो पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ ।
प्रचण्ड–नेपाल समूहको नेकपाले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गर्दै पार्टी निकट पत्रकारहरु आवद्ध रहेको संगठन पुनर्गठन गरेको हो ।
त्यस्तै संगठनको सह–इन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाललाई चयन गरिएको छ भने संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन् ।
महासचिवमा राजेश राईलाई चयन गरिएको छ ।
नेकपा दुई समूहमा विभाजित भएपछि प्रचण्ड–नेपाल समूहले आफ्नो पेशागत संगठनहरुलाई पुनर्गठन गरिएको हो ।
प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ ।
प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ ।
वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भएका छन् ।गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन् ।
लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ । कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजक प्रतीक इच्छुक शर्मा चयन भएका छन् ।
सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चुनिएका छन् । उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएको छ । एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन् ।
प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्काले पाउँदा वीरेन्द्र ओली संयोजक चयन भएको संगठनले जनाएको छ ।
प्रतिक्रिया