बिहीबार, असार १९, २०८२

नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे उपाधि जिते

नेपालखोज २०७७ फागुन ९ गते १८:०७

काठमाण्डाै ।  सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए । 

जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।  

मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्शक स्टेडियम पुगेका थिए । 

अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।

प्रतिक्रिया