बिहीबार, मंसिर २७, २०८१

ललितपुर महानगरले हटायो पाटनढोकाको बसपार्क

नेपालखोज २०७७ फागुन ९ गते २०:३७

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटनढोकाको बसपार्क हटाएको छ । महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथूले सडक दुर्घटना न्यूनीकरण गर्न बसपार्क हटाएको बताए ।

उनले नगरप्रहरीको संयोजकत्वमा महानगरीय ट्राफिक महाशाखा, पाटनढोका बस व्यवसायी संघ, निखा बहाल टोल, ननि टोल सुधार समिति र शान्ति युवा क्लवको सहयोगमा बसपार्क हटाइएको जानकारी दिए ।

‘बस स्टप कायम गर्न बसपार्क हटाइएको हो, ‘हाछेथूले भने, ”अब यो क्षेत्र बस स्टप भएकाले सार्वजनिक बस यात्रु ओराल्ने र चढाउनका लागि मात्रै प्रयोगमा ल्याइनेछ । ध्वनि प्रदुषण, वायु प्रदूषण फोहोरमैला बढेकाले यसलाई न्यूनीकरण गर्न बसपार्क हटाइएको हो ।”

प्रतिक्रिया