आजको मौसम कस्तो छ ?
नेपालखोज
२०७७ फागुन १० गते ८:११
काठमाडौं । आज काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन गरिएकाे छ ।
हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नभएकाले काठमाडौं उपत्यकासहित आज देशभरको मौसम सफा रहने छ ।
बिहानबाट नै मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशका केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ भने राती पनि प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा नै आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया