मंगलबार, मंसिर २५, २०८१

बिल तथा श्रोत नखुलेको मोबाइल सहित सात जना पक्राउ

नेपालखोज २०७७ फागुन १० गते १३:१०


काठमाडौं । काठमाडौं महानगरपालिका २२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका एक सय ७७ थान बिल तथा श्रोत नखुलेको मोबाइल सहित सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


बिना बिलको राजश्व छलीका मोबाइलहरु बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मोबाइलहरु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया