बिहीबार, मंसिर २७, २०८१

राष्ट्र बैंकद्वारा ५५ करोड संस्थागत निक्षेप लगानीको आह्वान

नेपालखोज २०७७ फागुन १० गते १५:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार कर्मचारीहरुको पेन्सन तथा उपदान कोषमा रहेको २५ करोड र कर्मचारी सुरक्षा कोषमा रहेको ३० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको आह्वान गरिएको हो ।

तीन सय ६६ दिने मुद्धती निक्षेपको अवधि २०७७ चैत्र एक गते देखि २०७८ फागुन ३० गतेसम्म रहेको छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही फागुुन १२ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैकमा आवेदन दिनुपर्ने छ ।

लगानीको लागि छुट्याईएको कुल रकम मध्ये पेन्सन तथा उपदान कोष अन्तर्गतको २५ करोड रुपैयाँ मध्ये बाणिज्य बैंकहरुको लागि २० करोड, राष्ट्रियस्तरका बिकास बैकहरुका लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २५ लाख रुपैयाँ छुट्याईएको छ । यसैगरी कर्मचारी सुरक्षण कोष अन्तर्गतको रकम लगानीको छुट्याएको कुल रकम मध्ये बाणिज्य बैंकहरुको लागि २४ करोड, बिकास बैंकहरुको लागि चार करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ५० लाख रुपैयाँ छुट्याईएको छ ।
रकम लगानीका लागि यस्ता छन, राष्ट्र बैकका पुर्व सर्तहरु
१) बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको ।
२) यस बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।
३) निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको ।
४) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको ।
५) कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको ।
६) सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको ।
७) निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्था पछिको मा रहेको ।
८) लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारीसञ्चालक बैंकमा नरहेको ।
९) शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा ६ महिना पूरा भएको ।
१०) लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा
नभएको । समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको ।
११) रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको

प्रतिक्रिया