मंगलबार, मंसिर २५, २०८१

बोइङ ७७७ को सबै विमान ग्राउण्डेड गर्न अमेरिकी सुझाव

नेपालखोज २०७७ फागुन १० गते १५:४३

एजेन्सी । अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७७७ संस्करणको सबै विमान ग्राउण्डेड गर्न सुझाव दिएको छ ।

शनिबार बोइङ ७७७ विमान डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आएर आगलागी भई एक भाग खसेपछि अमेरिकी विमान निर्माता कम्पनी बोइङले यस्तो सुझाव दिएको हो ।

२३१ जना यात्रु र चालक दलका १० सदस्यसहित उडान भरेको विमानको इन्जिनमा समस्या आई आगलागी भएपछि डेन्वर विमानस्थलमै आकस्मिक अवतरण गरिएको थियो । सो विमानमा रहेका सबै सकुशल रहे । विमानको भग्नावशेष ग्रुमफिल्डका एक बासिन्दाको घरको बगैँचामा खसेको थियो ।

सो घटनापछि जापानले बोइङ ७७७ जहाज प्रयोग गर्ने एअरलाइन्सहरुलाई आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न भनेको थियो ।

होनोलुलुका लागि डेन्वरबाट उडेको युनाइटेड एअरको सो विमानको दायाँ भागको इन्जिनमा समस्या आएको संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ । एएफएले प्राट एण्ड ह्वीट्नी ४००० इन्जिन रहेका बोइङ्ग ७७७ को थप परीक्षण गर्न निर्देशन दिएको छ ।

यसअघि अमेरिकाको युनाइटेड एअरलाइन्सले बोइङ ७७७ संस्करणका आफ्ना २४ विमान ग्राउण्डेड गरेको थियो ।

प्रतिक्रिया