शुक्रबार, वैशाख ७, २०८१

शाओमी नेपालद्वारा नयाँ सर्भिस सेन्टर शुरु

नेपालखोज २०७७ फागुन १० गते २०:११

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आईप्लेक्स मलमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । र, हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं । यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपालीग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउने छ ।”

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ ।सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनिय गिरावटले नेपालमामी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा फ्री सर्विस क्याम्प ,वारेन्टी कार्ड भएन भएका सम्पूर्णका लागि एक हप्तासम्म प्रदान गर्नेछ ।

प्रतिक्रिया