शुक्रबार, वैशाख १४, २०८१

गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्‍याउने मुख्यमन्त्रीको धम्की

नेपालखोज २०७७ फागुन १० गते २२:१७

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वमन्त्री गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्‍याउने धम्की दिएका छन् ।

गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूहले) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रचण्ड–माधव समूहका नेता एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद विष्टलाई ओली समूहमा नआए गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव हराउने चेतावनी दिएका हुन् ।

प्रचण्ड—माधव समूहले गलत बाटो रोजेको भन्दै ओली समूहमा आउन उनले विष्टलाई आग्रह गरेका थिए । प्रचण्ड—माधव समूहले नै देशलाई अस्थिरतातर्फ लगेको आरोप लगाउँदै देशलाई अस्थिरताबाट जोगाउन प्रतिनिधि सभा विघटन गर्नुपरेको उनको तर्क थियो ।

प्रचण्ड—माधव समूहले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राख्दै केही काम गर्न नदिएको भन्दै खाली पद र कुर्सीमा केन्द्रित रहँदा यो समस्या आएको उनको दाबी थियो ।

प्रतिक्रिया