शुक्रबार, वैशाख ७, २०८१

बर्डफ्लू मान्छेमा पनि पुष्टी भएपछि, रसियामा मासु राम्ररी पकाएर खान आग्रह

नेपालखोज २०७७ फागुन ११ गते १०:५३


काठमाडौं । के कुखुराबाट मान्छेमा बर्ड फ्लु सर्न सक्छ ?यो प्रश्न धेरै पहिलेदेखि गरिँदै आएको भए पनि आजसम्म त्यस्तो प्रमाणित भएको थिन तर रसियामा कुखुराबाट मान्छेमा पनिबर्डफ्लू सरेको घटना सार्वजनिक भएपछि विश्वभरि यसले खैलाबैला ल्याएको छ ।

रसियामा देखिएको कुखुराको बर्डफ्लू मान्छेमा सरेको घटना सर्वजनिक भएसँगै यसले एउटा चिन्ताको विषय खडा गरेको छ । स्थानीय अधिकारीहरुले बताए अनुसार रसियाको दक्षिण प्रान्तमा रहेको एक कुखुरा फर्ममा काम गर्ने ७ जनामा वर्डफ्लु भाइरसको संक्रमण देखिएको हो । ए–एच–५–एन–८ नामको उक्त वर्डफ्लु भाइरस कामदारहरुमा पनि सरेको थाहा पाएपछि यसले चिन्ता र चुनौती सिर्जना गरेको छ ।

रसियाकी उपभोक्ता स्वास्थ्य निगरानी रोस्पोट्रेब नाजद्जोरकी अध्यक्ष अन्ना पोपोभाले डब्ल्युएचओलाई जानकारी दिए अनुसार सो भाइरस मान्छेमा सरिसकेको छ । उनले यो जानकारी गराएपछि डब्ल्युएचओका अधिकारीहरुलाई अर्को चुनौती थपिएको छ ।

यो वर्डफ्लु भाइरस पछिल्लो केही समयअघि रसिया, युरोप, चीन लगायतका देशहरुमा देखिएको थियो । अन्य देशमा मान्छेमा सरेको पुष्टि नभए पनि रसियामा भने यो पुष्टिी भएको पोपोभाले जानकारी गरएक छिन् ।

भाइरस सरेका ७ जना कामदारको स्वास्थ्य अवस्था सामान्य रहे पनि मान्छेबाट मान्छेमा सरेको खण्डमा यसले भयावह अवस्था सिर्जना हुनसक्छ । यो भाइरस संक्रमण भएको मरेको वा जीवित दुवै किसिमका कुखुराबाट मान्छेमा सर्न सक्ने कारण कुखुराको मासु प्रयोग गर्दा राम्ररी पकाएर मात्र खान रसियामा सूचना जारी गरिएको छ । राम्ररी पकाएको मासुबाट भने यो रोग नसर्ने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया