शुक्रबार, वैशाख १४, २०८१

अमेरिकामा भाइरसका कारण मृतक संख्या ५ लाख नाघेपछि ५ दिन राष्ट्रिय शोक

नेपालखोज २०७७ फागुन ११ गते ११:१४

काठमाडौँ । अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको छ । अमेरिका कोभिडका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो ।

अमेरिकाको पश्चिमी तटमा पहिलो पटक भाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण निधन भएको हो । कोभिड-१९ सुरुमा चीनमा देखा परेको थियो । मृतकको सङ्ख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए । अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् । कोभिड-१९ को सर्वाधिक संक्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ ।

प्रतिक्रिया