बुधबार, जेठ ९, २०८१

फरुवा प्रहार गरी श्रीमतीले गरिन श्रीमानको हत्या

नेपालखोज २०७७ फागुन ११ गते ११:१२

कञ्चनपुर । कञ्चनपुरमा श्रीमतीले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । जिल्लाको बेलौरी नगरपालिका–६ भुरकोटकी २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार घटना मंगलबार बिहान ५ बजे भएको हो भने श्रीमती वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।

प्रतिक्रिया