बुधबार, वैशाख २६, २०८१

लक्ष्मी बैंकको अगुवगाईमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजना कर्जा

नेपालखोज २०७७ फागुन ११ गते ११:५५


काठमाडौं । माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ«े बैंक समेत जम्मा दुुई वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । बैंकका अनुसार सोमबार कर्जा सम्झौता भएको उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ ।
माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत् प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सो का अध्यक्ष राजेश लाल श्रेष्ठ रहेका छन् ।
बैंकहरुले आयोजना लागतको ७० प्रतिशत अर्थात ६५ करोड ५९ लाख) र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ । उक्त आयोजनाको लागि लक्ष्मी बैंकले ३९ करोड ९९ लाख र माछापुच्छे« बैंकले २५ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गर्ने छ । उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।
नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९÷२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ ।

प्रतिक्रिया