शुक्रबार, वैशाख ७, २०८१

ॐ कारको उच्चारण गर्दा, घरमा बोल्न नसक्ने बच्चा जन्मिंदैनन्

नेपालखोज २०७७ फागुन ११ गते १२:३३

मूलतो ब्रह्मरुपाय मध्यतो विष्णु एव हि ।
अन्ततो शक्तिरुपाय ॐ
काराय नमो नमः।।

ॐ कारश्चाथ शब्दश्च द्वावेतौ ब्रह्मणः पुरा ।।
कण्ठं भित्वा विनिर्यातौ तेन माङ्गकिावुभौ ।।


यी श्लोकहरुले पनि यसको महत्वलाई प्रकाश पारेका छन् ।

ॐ कारको उच्चारण गर्दा ब्रह्माण्डमा लुकेका सबै किसिमका शक्तिहरुलाई स्वयंमा आर्जन गर्न सक्ने शक्ति मिल्छ ।

यसको उच्चारणले मानसिक विकार टाढा भागी मन शुद्ध हुन्छ । ॐ कार्लाई सबै धर्मले सर्वभौम सत्यको रुपमा स्वीकार गरेका छन् । यो ब्रह्माण्डको सार्वभौमा सत्य भएको कारण सारा धर्मको साझा बनेको हो ।

ॐ शब्दले हिन्दु, मुसलमान र क्रिस्चियनको विभेद मान्दैन। संसारमा कुनै पनि शब्द नहुँदा पनि ॐकार थियो । मनव विकासको अस्तित्व नै ॐमा समाहित भएको कारण पनि ॐ मानवताको चिह्नको रुपमा स्थापित छ । घरका साना नानीहरुलाई यसको उच्चारण गर्न लगाउँदा उनीहरुको उच्चारण शुद्ध हुने कुरामा दुई मत छैन ।


यो महाशक्तिशाली ॐ ले रोग र मोहमायालाई निर्मूलसमेत गरिदिन्छ भन्ने मान्यता छ । यसको जप र उच्चारणले नै महायोगीहरु हजारौ वर्ष हिमालयमा तपस्या गर्न सक्षम भएको कुरा त सार्वजनिक नै छ । ॐ को उच्चारण भइराख्ने घरमा समृद्धि आइराख्ने विश्वासलाई पनि नकार्न सकिन्न ।

यसको उच्चारण भइराख्ने घरमा कहिले पनि लाटो सन्तानको जन्म नरहने पनि जनविश्वास छ । आफ्नो घरमा तपाईं पनि यसको उच्चारण गर्ने गर्नुहोस् ता कि घरमा शन्ति बनिरहोस् ।

प्रतिक्रिया