सुन तोलामा ११ सयले बढ्यो
नेपालखोज
२०७७ फागुन ११ गते १२:३४

काठमाडौं । मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन तोलामा ११ सयले बढेको हो ।
सोमबार ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८० हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया