बुधबार, वैशाख १२, २०८१

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

नेपालखोज २०७७ फागुन ११ गते १३:३९

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन् ।

महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको समाचार सार्वजनिक उनको यस्तो अभिव्यक्ति आएको हो ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले राजीनामा नदिएको र दिनुपर्ने कुनै कारण पनि नभएको बताए ।

महान्यायाधिवक्ता खरेलले भने–‘मैले राजीनामा गरेको पनि छैन । राजीनामा गर्नुपर्ने कुनै परिस्थिति पनि छैन । यो कसैले कुनै स्थानमा बसेर चलाएको हल्ला हो ।’

खरेलले हालै महान्यायाधिवक्ताका रुपमा गरेको तीन वर्षको उपलब्धि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया