मंगलबार, फागुन २५, २०७७

सुरक्षा परिषद्को बैठक सकियो : पछिल्लो सुरक्षा अवस्थाबारे समीक्षा

नेपालखोज २०७७ फागुन ११ गते १४:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठक सकिएकाे छ ।

नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका थिए ।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ । सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो ।

प्रतिक्रिया