बिहीबार, वैशाख ६, २०८१

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०७७ फागुन ११ गते १४:३७


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ सनराईज चोकस्थित सोही नगरपालिका ७ हरहरमहादेव घर भएका केशव मल्लको कपडा पसलमा सोमबार राति आगलागी हुँदा लत्ताकपडा र फर्निचरका सामान जलेर करिब ३१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


यसैगरी उदयपुर, बेलका नगरपालिका ३ रातापानी बस्ने सुमित्रा खत्रीको घरमा उनकै ७ वर्षीय छोरा रोशन खत्रीले लाईटर खेलाउने क्रममा परालको कुन्युमा आगो सल्किएर घरमा समेत सोमबार दिउँसो आगलागी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात र नगद २० हजार रुपैयाँ समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया